नूहको जहाज

लेखक: इस्माएल सुब्बा मलाई नूहको जहाज चाहिएको छ। त्यो काठको जहाज खोज्दै हिड़्दैछु जसले चालीस रात चालीस दिन जलप्रलयको प्रहर सह्योः नूहले बनाएको काठको जहाजले जलप्रलय देख्यो तर अहँ कदापी हल्लिएन, त्यो अटल रह्यो ढुङ्गा सरह। यो समय मलाई त्यही जहाजको आवश्यक्ता छः हो, मलाई त्यसमा सुरक्षित राख्नु छ कसैले फ्याकेको विश्वासको टुक्राहरुः कसैले साचेँका…

काका स्क्रेवटेपको तर्फबाट वैधानिक निर्देशनहरू

मेरो प्रिय वर्मवूद, तेरो पछिल्लो पत्रको केहि हरफहरू पढेर मलाई साह्रै दु:ख लाग्यो । तैंले अमूल्य समय त्यतिकै व्यर्थमा नष्ट पारेको जस्तै लाग्यो । यतिबेला बिरामीको ध्यान हाम्रो शत्रुमा केन्द्रित भएको समयमा नै उसको दिमागमा प्रहार गर्ने उचित समय हो । यसो भन्दै गर्दा, म तँलाई हतारमा कुनै पनि कदम नउठाउन पनि सतर्क गराउँदछु ।…

बाइबलिय व्याख्यात्मक यात्रा- प्राचीनकाल र वर्तमानकालबीचको सैद्धान्तिक पुल

बिब्लिकल हर्मेन्युटिक्स वा बाइबल व्याख्यानका विभिन्न विधिहरू मध्ये यहाँ प्रस्तुत गर्न लागिएको विधि “ग्रास्पिङ्ग गड्ज वर्ड” पुस्तकबाट प्रभावित भइ लेखेको छु । यसका मूलभूत कुराहरू पुस्तकबाट केहि सापटी लिएको छु ।   हामी बाइबल समयका पात्र, भाषा, समाज, परिस्थिति, परम्पराभन्दा फरक छौं । बाइबलको सन्देश कुनै एक कालखण्डको लागि मात्र नभएर पुस्तौंपुस्ता सम्मका निम्ति हो…

बाइबल व्याख्यात्मक यात्रा- यसका समस्याहरू

हाम्रो अघिल्ला स्तम्भहरूमा बाइबलिय व्याखानमा दुई नितान्त वृतान्तको उल्लेखनिय भूमिकाको ’boutमा  छलफल गरेका थियौं । बाइबललाई कसरि वा कुन सिद्धान्त वा नियमानुसार व्याखा गर्ने भन्ने विषयमा केहि कुरा गर्नु अघि व्याख्यात्मक समस्याहरूको विषयमा केहि कुरा गर्नु उपयुक्त हुन्छ । के बाइबललाई अर्थ्याउने सर्वमान्य एउटा मात्र तरिका छ कि अन्य पनि ? पहिले हामी बाइबलिय व्याख्यात्मक…

बाइबलिय घटना – नाटकीय रूपरेखामा

बाइबलिय वृतान्त परमेश्वरले संसारलाई एउटा रंगमंच बनाई मन्चन गरिएको एउटा सिद्ध नाटक हो । यसको अवधारणा बुझ्नलाई हामी “बिब्लिकल ड्रामा” भन्ने गर्छौं । यो एउटै विषयवस्तु (थिम) मा आधारित एउटा रेखाकार (लिनिअर) कथा हो । यो क्रमिकरूपमा (प्रोग्रेसिभ) प्रकट हुँदै गएको छ । यो वृतान्त साहित्यिक शैलीको विविधता र संगठित भएकोले धेरै नै सुसम्पन्न छ…

बाइबल – एउटा महान् वृतान्त

एकतावद्ध विषयवस्तुको सङ्ग्रह बाइबल – इसाईहरूको पवित्र धर्मशास्त्र – ६६ वटा पुस्तकहरूको सङ्ग्रह हो । यसलाई दुई भागमा विभाजन गरिएको छ । ईशापूर्वको भागलाई पूरानो करार भनिन्छ भने, ईशा मशिह येशू ख्रीष्टको अलौकिक जन्मपछिको भागलाई नयाँ करार भनिन्छ । यी दुवै भागलाई एउटै विशेष विषयवस्तु (थिम) ले शुक्ष्मरेखाले चिरेको वस्तु झैँ सिधासँग चिरेर फेरी दुरूस्तसँग…

हाम्रो जीवनलाई परिभाषित गर्ने एक पृथक वृतान्त

“”मैले के गर्नुपर्छ ?” भन्ने प्रश्नको जवाफ त्यतिबेला मात्र दिन सकिन्छ यदि मैले यसभन्दा अघि  “कुन वृतान्तको के भूमिकामा म आफूलाई पाउँदछु ?” भन्ने प्रश्नको जवाफ दिन सक्नेछु ।” – अलास्देअर म्याकइन्टायर  यस अघि मैले हाम्रो जीवनलाई परिभाषित गर्ने दुई वृतान्त वा स्टोरी अन्तर्गत अहिलेको आधुनिक वृतान्त, जुन भौतिकवादबाट उद्गम भएर आएको, विषयमा चर्चा गरेको…

बाइबल अध्ययन: येशूको बोलावटलाई मान्न तत्पर हुनेहरू

बाइबल अध्ययन: मर्कूस १:१४-२० येशूको बोलावटलाई मान्न तत्पर हुनेहरू १:१४ – इतिहास हेरोद अन्तिपासले आफ्ना भाई हेरोद फिलिपको पत्नीलाई आफ्नो पत्नी बनाएकोले बप्तिष्मा दिने यूहन्नाले उनलाई सार्वजनिक रूपमा निन्दा गरेको कारण उसलाई झ्यालखानामा हालेको थियो । (हेर्नुहोस् मर्कूस ६:१६-१७) (क) परमेश्वरको सुसमाचार भनेको के हो ? (ख) परमेश्वरको राज्य भनेको के हो ? (ग) पश्चाताप र…

पल्पितबाट नपढ़िने पुस्तक वा अध्यायभित्र नै सिमित रहने यशूको गाथा

मण्डली अनि समाजमा मानिसहरूका चिलाएका कानले जे सुन्न चाहेका थिए, त्यहि कुरामात्र बोल्ने र प्रचार्ने हो भने त्यस मानिसले एउटा ठुलै जमातको प्रशंसकहरू, मित्रगणहरू र सुभचिन्तकहरू भेला पार्नेछन् । जीवनलाई “कसरि सजिलो बनाउने?,” “आशिस पाउन मैले के गर्ने?” जस्ता त्यसका शब्दहरूले तिनीहरूका कानमा तरंग पैदा गर्नछन् र मन र विचारमा उसप्रति चित्ताकर्षण उत्पन्न गराउँछन् ।…

मर्कूसको सुसमाचारको छोटो परिचय

परिचय: मर्कूसको सुसमाचारको लेखको श्रय यूहन्ना मर्कूसलाई दिइएको छ । मण्डली परम्परा अनुसार, यो सुसमाचार सन् ७० ताका कट्टरपन्थी यहूदीहरूले रोमी जनरल, पछि सम्राट भएका, तीतसको शासनकालमा असफल विद्रोह गरेको समयमा  लेखेको हो भन्ने मान्यता रही आएको छ । त्यस विद्रोहमा यरुशलेमको मन्दिर नष्ट हुनुको साथै धेरै धनजनको क्षति पनि भएको थियो । मन्दिर नष्ट…