हामीलाई परमेश्वरले सुसमाचार प्रचार गर्ने अभिभारा दिनुभएको छ | यहि आज्ञालाई शिरोपर गरेर हामी येशूको प्रेमको कहानी अरूलाई सुनाउदछौँ | सुनाउँदा कतिले विश्वास गर्छन, कतिले गर्दैनन् | कतिजना भने शंकालु हुन्छन | उनीहरूको धेरै जिज्ञासा र खुल्दुली हुन सक्छन | एक पटक सुनाएर उसले विश्वास गरेन भनेर आफ्नो कर्तव्य पूरा भयो भनेर ठान्ने हो ? निश्चय पनि होइन | उसको प्रश्न र जिज्ञासाको हामीले सहि उत्तर दिन सदा तत्पर रहनुपर्छ (१ पत्रुस ३:१५)| हामीले उनीहरूको मनमा लागेका शंकाको पर्दा हटाउने कोसिस गर्नुपर्छ | कोहि व्यक्तिले ख्रीष्टिय विश्वास अंगाल्नु अघि एक पटक पक्कै सोचेर मात्र आफ्नो पाइला अघि सार्छ | उसले किन र केका लागि येशूमा विश्वास राख्ने भन्ने कुराको पूरा भरपर्दो जवाफ नभेटेसम्म आफ्नो जीवन येशूमा दिइनहाल्ला | त्यसैले हामी इसाईहरूले अपोलोजेटिक्स गर्नुपर्छ | हामीले कसैलाई इसाई बनाउने होइन तर उनीहरूको मनमा ख्रीष्ट प्रति भएका पक्षपाति पूर्वधारणालाई हटाउने माध्यमको रुपमा अपोलोजेटिक्सलाई प्रयोग गर्दछौँ | हामीले अपोलोजेटिक्स गर्नुपर्ने ४ कारणहरू:
हामीले अपोलोजेटिक्स किन गर्ने?
१. पवित्र धर्मशास्त्र बाइबलले हामीलाई अपोलोजेटिक्स गर्ने आज्ञा दिन्छ
प्रेरित पत्रुसले पहिलो मण्डलीलाई लेखेको पत्रमा अन्यजाति वा गैर इसाईहरूलाई येशूमा विश्वास गर्नुको कारण विनम्रपूर्वक बताउन आज्ञा दिनुभएको छ | १ पत्रुस ३:१५-१६
फिलिप्पी १:७
२ तिमोथी २:२४-२५
तितस १:९
यहूदा ३
२. बाइबलीय कति व्यक्तिहरूले अपोलोजेटिक्स गर्नुभयो
परमेश्वर स्वयंले अपोलोजेटिक्स गर्नुभयो
येशूले अपोलोजेटिक्स गर्नुभयो
प्रेरित पावलले अपोलोजेटिक्स गर्नुभयो
३. विना प्रमाण कुनै कुरामा विश्वास गर्नुको कुनै तुक छैन
रोमी १२:१-४
४. सोधिएको कुनै पनि प्रश्नको जवाफ दिनुपर्छ
१ कोरिन्थी १५:१३-१९
कलस्सी ४:६
यूहन्ना १४:१-११; लूका २४:३८-४३